प्रचण्डलाई फोन गरेर देउवाले दिए बधाई

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ११ ११:५४ बजे
देउवा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनेकोमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।

सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका हुन्।

माओवादी पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले शेरबहादुर देउवाले पनि बधाई  दिएको बताएक हुन् । 

२०७९ पुष ११ ११:५४ बजे

प्रतिक्रिया