शेरबहादुर देउवा आज प्रधामन्त्री निवास बालुवाटार छोडेर घर फर्किदै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ११ ११:३८ बजे
शेरबहादुर देउवा

काठमाडौ‌ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर छाड्ने भएका छन्। देउवाले वनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ लिनुभन्दा अगाडि नै बालुवाटर छाड्ने भएका हुन्। उनले आज अपरान्ह ४ बजे शपथ लिँदैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। यससँगै उनी नेपालका ४४ औँ प्रधानमन्त्री बनेका छन्।

प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन छ। स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन प्रचण्डलाई छ।

२०७९ पुष ११ ११:३८ बजे

प्रतिक्रिया