प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १५:५६ बजे
प्रचण्डको नेतृत्वमा सरकार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले यस्तो सहमती गरेको हो । 

‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले   भने ।प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

२०७९ पुष १० १५:५६ बजे

प्रतिक्रिया