जुम्लाको एक विद्यालयमा आगलागी हुँदा ४ वटा कोठामा क्षति

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १५:४४ बजे
विद्यालयमा आगलागी

काठमाडौं । जुम्लाको एक विद्यालयमा आगलागी भएको छ। जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीस्थित हिमशिखर माध्यमिक विद्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ । ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको ६ कोठा भएको एक तले भवनमा आगलागी भएको छ। आइतबार बिहान साढे तीन बजेको समयमा आगलागी भएको हो।

 स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको ६ वटा कोठा मध्ये ४ वटा कोठामा आगोलागी भएर क्षति समेत हुन पुगेको प्रहरीको भनाई छ।

२०७९ पुष १० १५:४४ बजे

प्रतिक्रिया