सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा नेताहरु बैठकमा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १५:२० बजे
राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न छलफलमा जुटेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा काठमाडौंमा उपलब्ध पार्टीका महामन्त्रीदेखि माथिका पदाधिकारी सहभागी छन् ।

आजै अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष ओलीसँग  भेटर्वाता गरेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले बालकोटमा नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले भने बालकोट बैठकमा नबसी पार्टीको बैठक बोलाएका हुन् ।

२०७९ पुष १० १५:२० बजे

प्रतिक्रिया