आज प्रधामन्त्रीका लागि सहमती नजुटे देउवा बन्ने छन् प्रधामन्त्री

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० ११:२६ बजे
प्रधामन्त्री देउवा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि दिएको समय आज सकिन लागेको छ । सत्तारुढ दलहरूले आफ्नो सरकार बनाउनको लागि प्रयास चालिरहेका छन् । सत्तारुढ दलहरूले बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धनका दलबीच छलफल गरिरहेका छन् । 

राष्ट्रपतिले दिएको समय सीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनु पर्ने हुन्छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति पुस १० गतेभित्र दाबी पेस गर्न आग्रह गरेकी हुन् ।

आज राजनीतिक दलहरु विच सहमती नजुटेको खण्डमा राष्ट्रपतिले सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरेर बहुमत जुटाउन ३० दिनको समय दिने व्यवस्था रहेको छ । 

यसरी नियुक्त भएका प्रधानमन्त्रीले पनि ३० दिनभित्र बहुमत जुटाउन नसके सांसदहरूको बहुमत समर्थन जुटाउन सक्ने सांसद प्रधानमन्त्री हुन सक्छन्।

तर त्यसरी नियुक्त भएका प्रधानमन्त्रीले पनि विश्वासको मत जित्न नसके संसद् विघटन गरेर छ महिनाभित्र नयाँ निर्वाचन घोषणा हुने व्यवस्था  रहेको छ ।  यसरी संसदको सबै भन्दा ठुलो दलको हैसियतमा नेपाली कांग्रेस रहेको छ। आज सहमती नजुटे अहिलेका प्रधामन्त्री शेर बहादुर देउवानै अवको प्रधामन्त्री बन्ने देखिएका छन् । 

२०७९ पुष १० ११:२६ बजे

प्रतिक्रिया