प्रचण्डलाई गठबन्धन नछोड्न रामचन्द्र पौडेलको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ १५:४८ बजे
रामचन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न नेता पौडेल उनकै निवास खुमलटार पुगेका  हुन् ।  पौंडेलले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका जनाइएको छ ।  

 प्रधामन्त्रीमा पहिलो दावी गरिरहेका प्रचण्डलाई  पौडेलले भने पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गरेका पौडेलनिकट नेताले जनाएका छन् । 

सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दिएकी छन् । यता नेकपा एमालेका अध्यक्ष ओलीले भने देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । ओलीले आजै एक कार्यक्रममा बोल्दै प्रचण्डको प्रधामन्त्री हुने सम्भावना पनि सकिएको बताएका छन् । 

२०७९ पुष ९ १५:४८ बजे

प्रतिक्रिया