सन्त निरंकारी मण्डल नेपालको क्षमा याचना कार्यक्रम सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ १५:०३ बजे
सन्त निरंकारी मण्डल नेपाल

काठमाडौं । सन्त निरंकारी मण्डल नेपालले शनिबार सत्संगका बीच क्षमा याचना कार्यक्रम मनाएको छ । सन्त निरंकारी मण्डलको केन्द्रीय कार्यालय हात्तीवन ललितपुरमा उक्त कार्यक्रम मनाइएको हो। वर्षैपिच्छे आयोजना गरिने यस कार्यक्रममा शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्का, साविक जिल्ला विकास समिती अछामका पुर्व सभापति भरत कुमार स्वारको विशिष्ट आतिथ्यता रहेको थियो ।

Open photo

कार्यक्रममा विशिष्ट अतिथिसमेत रहेका मन्त्री रावलले सन्त निरंकारी मण्डलले सामाजिक क्षेत्रमा पुर्याएको योगदान उदाहरणीय रहेको बताउदै यसको विस्तार लगायत भौतिक संरचनाका लागि आफ्नो क्षेत्रमा सक्ने सहयोग गरेको र अझै गर्ने बताउनुभयो । उहाँले आध्यात्मिक सचेतनाका क्षेत्रमा पनि मिसनले राम्रो काम गरेको र समाजमा सबैलाई सकारात्मक सोच राख्नुपर्ने सन्देश प्रवाह गर्दै आएको बताउनुभयो । "यस सन्त निरंकारी मण्डल नेपालले सामाजिक कार्य, परोपकारका कार्यमा उदाहरणीय काम गरेको छु, मन्त्री रावलले भने, ूसमाजका हरेक नागरिकले सकारात्मक सोच राख्नुपर्ने, हिंसा लगायतका गतिविधि गर्न नहुने लगायत आध्यात्मिक क्षेत्रमा पनि धेरै राम्रा कामहरु गरेको छ । त्यसैले पनि यसको विस्तारका साथै आफ्नै भौतिक संरचनाका लागि मैले सहयोग गरिरहेको छु र गर्नेछु ।"


त्यस्तै सन्त निरंकारी मण्डलका केन्द्रिय अध्यक्ष नर बहादुर रावलले संसारमा विश्व बन्धुत्व भाईचारा साथै मानव एकता कायम गर्दै आईरहेको संस्था निरंकारी मिसनले अध्यात्मिक जागृतिको माध्यम बाट पर्खाल रहित संसारको परिकल्पना समेत साकार पार्न सक्षम भएको बताउनुभयो ।

अध्यक्ष रावलका अनुसार सन्त निरंकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध अध्यात्मिक बिचारधारा हो । उहाँले निरंकारी मिशनले अध्यात्मिक चेतना दिनुको साथै समाजिक कार्यमा पनि विभिन्न सरसफाइ अभियान, रगत दान, फलफुल वितरण, राहत बितरण, बृक्षारोपण कार्यक्रम लगायत कार्यमा विश्वभर आफ्नो अहम भुमिका निभाउदै आएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका सचिव अनिल महर्जन, काठमाडौं क्षेत्रीय संचालक बाबुराम महर्जनले समेत ज्ञान, धर्म, सामाजिक सेवा, परोपकार लगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

२०७९ पुष ९ १५:०३ बजे

प्रतिक्रिया