प्रचण्डले दिएको सन्देश लिएर प्रकाशमान सिंह पुगे प्रधानमन्त्री देउवा कहाँ

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ८ १२:५४ बजे
प्रचण्डले दिएको सन्देश

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै नेता सिंहले बालुवाटार  पुगेका हुन् । नेता सिंहले प्रचण्ड सहजै प्रधानमन्त्री पदबाट पछि नहट्ने  बताएको सन्देश प्रधानमन्त्री कहाँ पुगाएका हुन् । 

प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेको बुझिएको छ। 

प्रचण्ड जसरी पनि आफू प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् । त्यसका लागि उनले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवासँग  छलफल गरिरहेका छन् ।  बिहीबार बेलुकी प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा सत्ता समीकरणबारे छलफल भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्म समयसीमा दिएकी छन्। 

२०७९ पुष ८ १२:५४ बजे

प्रतिक्रिया