प्रचण्ड र नेपालस्थित चिनियाँ दूतावासका कार्यवहाक राजदूत वाङ सीनबीच भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ८ १२:४४ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालस्थित चिनियाँ दूतावासका कार्यवहाक राजदूत वाङ सीनबीच भेटवार्ता भएको छ ।  वाङ प्रचण्डलाई भेटन शुक्रबार बिहान खुमलटार पुगेका हुन् । 

 सरकार निमार्णको अवस्थामा चिनियाँ दूतावासका उच्च अधिकारीसँग भएको छलफललाई  निकै चासोका साथ हेरीएको छ । कार्यवहाक राजदूत वाङले संभावित सत्तासमीकरण र सरकार निर्माणमा माओवादी केन्द्रको भूमिकाबारे चासो राखेको सा्रेतले जनाएको छ ।  

प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको र त्यसका लागि कांग्रेससँग गम्भीर ढंगले कुरा भइरहेको जवाफ दिएको स्रोतले भनाई  रहेको छ । 

२०७९ पुष ८ १२:४४ बजे

प्रतिक्रिया