बैतडीको मेलौली नगरपालिकामा बन्ने भनिएको १५ शैय्याको अस्पतालको विषयमा विवाद हुँदा ३५ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ८ १२:३२ बजे
३५ जना घाइते

बैतडी । बैतडीको मेलौली नगरपालिकामा बन्ने भनिएको १५  शैय्याको अस्पतालको विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन् । 

बिहीबार वडा नं ७ र १ का स्थाननीयबीच झडप हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन् । घाइतेहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

मंगलबार वडा नं ७ का स्थानीयले सोही वडामा रहेको केशरपुर स्वास्थ्य कन्द्रलाई नै स्तरोन्नति गरेर १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने भन्दै नगरपालिकामा तालाबन्दी गरेका थिए ।  

बिहीबार वडा नं १ का स्थानीयले वडा नं १ मै अस्पताल बन्नुपर्ने माग राख्दै वडा नं ७ का स्थानीयले लगाएको ताला खोलेपछि झडप भएको हो । 

त्यसपछि प्रशासनको रहोबरमा नगरपालिकाले ताला खोलिएको थियो। त्यसपछि भने ताला लगाउने पक्ष नाराबाजीमा उत्रिएको थियो । लगत्तै वडा नं १ बासीले पनि वडा नं ७ बासीको मागप्रति विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्णदत्त भट्टले  बताएका छन् ।  वि.स.२०६७ देखि नै अस्पतालको विवाद रहेको छ ।

२०७९ पुष ८ १२:३२ बजे

प्रतिक्रिया