माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड चयन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ८ ०६:०० बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत् संसदीय दलको नेतामा चयन गरेको हो ।

त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको थियो । त्यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मतले चयन  गरेको छ । तर दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाइने भएको छ । सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो  लाग्ने भएको छ । 

२०७९ पुष ८ ०६:०० बजे

प्रतिक्रिया