कञ्चनपुरको बेलौरीमा एक घरमा अज्ञात समुहद्धारा चोरी

bimbonline माधवराज जाेशि
२०७९ पुष ७ १९:३७ बजे
चोरी

कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा एक घरमा अज्ञात समुहले चोरी गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटैयास्थीत एक घरबाट अज्ञात समुहले नगदसहित गरगहना चोरी गरेको हो । हिन्दी भाषा बोल्नेहरुको समूहले चोरी गरेको पीडित परिवारले बताएका प्रहरीले जनाएको छ । 

बुधबार राति बेलौरी फटैयाका राजेन्द्र भट्टको घरबाट नगदसहित सुनका गरगहना गरी ७ लाखको चोरी भएको पीडित परिवारले बताएका छन्।पीडित परिवारले प्रहरीमा दिएको निवेदनमा दश बाह्र जनाको समूहले राती १२ बजेतिर घरमा हातहतियार सहित आएर चोरी गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। उनले निवेदन आएलगत्तै अनुसन्धान अगाडि बढाएको बताए । भारतीय प्रहरीसँगको समन्वयमा शंकास्पद व्यक्तिहरुमाथि अनुसन्धान र निगरानी गरिरहेको उनले बताएका छन्।

२०७९ पुष ७ १९:३७ बजे

प्रतिक्रिया