राष्ट्रपति भण्डारीद्धारा मेला उद्घाटन

bimbonline बाबुराम आचार्य
२०७९ पुष ७ १९:२८ बजे
राष्ट्रपति भण्डारी

बुटवल । राष्ट्रपति बिद्यादेवी भण्डारीले  रुपन्देहीको  बुटवलममा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको समुदघाटन गरेकी छन्।

२०४५ सालबाट लगातार   प्रर्दशनी आयोजना गरिदै आएको बुटवलमा यसपटकको मेला  रुपन्देही उद्योग संघको आयोजना र बिभिन्न उद्योग सम्वद्ध संघहरुको सह आयोजनामा आजै बाट  सूरु भएको छ र यो औद्योगिक प्रदर्शनी पुष १९ गते सम्म सन्चालन हुने छ। प्रदर्शनीमा उद्योग, खाद्यन्न, गार्मेन्ट कृषि तथा सुचना प्रविधी गरी ४५० हाराहारी स्टलहरु रहेका छन्।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको हुदा यसलाई उकास्न   आन्तरिक उत्पादन वृद्धि गर्नुपर्ने बताइन् ।

२०७९ पुष ७ १९:२८ बजे

प्रतिक्रिया