मौसमका कारण बिहानै देखि जनकपुरधाम विमानस्थलबाट हुने सम्पूर्ण उडान प्रभावित

बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन सकेकाे छैन्

bimbonline प्रयास
२०७९ पुष ७ १२:३८ बजे
उडान प्रभावित

जनकपुर । मौसम सफा नभएको कारणले बिहानै देखि जनकपुरधाम विमानस्थलबाट हुने सम्पूर्ण प्रभावित बनेका छन् । उडान ठप्प भएका कारण सयौं यात्रुलाई मर्का परेको छ । त्यस्तै, प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान समेत प्रभावित बनेका छन् ।

बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले  बताएका छन् ।  उनका अनुसार खराब मौसमका कारण दुई वटा विमान होल्डमा छन् । नेपाल एअरलाइन्स र एअर इण्डियाको विमान होल्डमा राखिएको उनले जानकारी दिए ।

यस्तै, आन्तरिकतर्फको उडान पनि ठप्प छ । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु हुनेछ । विमानहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने प्रवक्ता सिटौलाले जानकारी दिए । 

२०७९ पुष ७ १२:३८ बजे

प्रतिक्रिया