तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ ०७:०० बजे
हुस्सु र कुहिरो

काठमाडौं । हाल नेपालको पुर्वी भुभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका थोरै भू-भागमा हुस्सुरकुहिरो रहेको  महाशाखाले जनाएको छ । 

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।आज राती प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश न १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार राती देशका पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । तराईका केही  भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउनु हुन महाशाखाले उनुरोध गरेको छ । 

२०७९ पुष ७ ०७:०० बजे

प्रतिक्रिया