चलचित्र संघले गर्‍यो विभिन्न चरणका आन्दोलनको घोषणा :हल बन्द गर्ने देखी विकास बोर्डमा ताला लगाउने सम्म

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १९:५२ बजे
चलचित्र संघ

काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।संघ विभिन्न चरणमा आन्दोलनका घोषणा गरेको हो ।

बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने कार्यक्रम तय गरेको छ । 

जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउने घोषणा  गरीएको  छ । 

चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने र आफुहरु मन्त्रालयमै वार्ता गर्ने बताएका छन् ।

एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघले विरोध जनाएको हो । 

‘कोरोना महामारीले थलिएका फिल्म हललाई राहत दिने काममा बोर्ड गम्भीर नभएको, सहजीकरण गर्ने भन्दा पनि शासन लाद्ने काम  भएकाले सबैको सहमतीमा विभिन्न आन्दोलनका कार्यक्रम तय गरीएकोे  चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताएका छन् । भेलाको पूर्वसन्ध्यामा मंगलबार बोर्डले वार्तामा बस्न आग्रह गर्दै संघलाई पत्र लेखेको थियो । तर वार्तामा नबस्ने जवाफ आफूहरुले दिएको महासचिव महर्जनले बताए ।

२०७९ पुष ६ १९:५२ बजे

प्रतिक्रिया