सरकारी गाडीमा फागुनसम्म इम्बोस्ड नम्बर अनिर्वाय

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १९:१८ बजे
इम्बोस्ड नम्बर

काठमाडौं । यातायात व्यवस्था विभागले सरकारी गाडीमा फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन जारी गरेको छ । 

आउँदो चैतदेखि इम्बोस्ड नम्बर जडान नगेरका सरकारी गाडी सडकमा देखिएमा ऐनअनुसार दुई हजार रुपैयाँ जरिबाना गरिने  जनाउदै यातायात व्यवस्था विभागले 

 निर्देशन जारी गरेको हो । सरकारी गाडीले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक टोकराज पाण्डेले  बताएका छन् । 

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्यरूपमा कर तिरिसक्नुपर्छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक पाण्डेको भनाई रहेको छ । 

२०७९ पुष ६ १९:१८ बजे

प्रतिक्रिया