पुइलेक विमानस्थल बारे सुदूरपश्चिम महोत्सवमा २१ हजार भन्दाबढी जानकारी पत्र वितरण

bimbonline माधव राज जाेशि
२०७९ पुष ६ १९:०४ बजे
पुइलेक विमानस्थल

धनगढी । डडेल्धुराको अजयमेरु गाउँपालिका–१ समैजीमा निर्माणको प्रक्रियामा रहेको पुइलेक विमानस्थल बारे सुदूरपश्चिम महोत्सवमा २१ हजार भन्दाबढी जानकारी पत्र वितरण गरिएको छ ।

महोत्सवमा डडेल्धुरा प्रदेश २ बाट निर्वाचित डा. तारा जोशीको सचिवालयको सहयोगमा बोल्यान्या थलीद्वारा जानकारी पत्र वितरण र हस्ताक्षर संकलन गरेको थियो ।

डडेल्धुरामा एयरपोर्ट निर्माणको चर्चा मात्र हुने गरेको र चर्चामा मात्र सिमित नहोस भन्ने उदेश्यले सुदूरपश्चिम महोत्सवमा धार्मिक, सांस्कृतिक पहिचान बोकेको पुईलेक एयरपोर्ट निर्माणले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको रमणीय पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्रको प्रवर्द्धन हुने गरे जानकारी पत्र मार्फत जानकारी गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।

उक्त अभियानमा २१ हजारबढी जानकारी पत्र वितरणसंगै हस्ताक्षर संकलन पनि गरिएको उनले बताए ।

 धा दवाब महोत्सवमा आएक  रुको समैजी नै उपयुक्त रहेको निष्कर्श निकाल्यो। र, डडेल्धुराको अजयमेरु गाउँपालिका–१ समैजीमा विमानस्थल निर्माणका लागि ईआईएको तयारी थालिएकोएयरपोर्ट जानकारी पत्र  वितरण गरेको थियो ।

डा‍तारा जोशीको सक्रियतामा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले अमरगढी नगरपालिकाको विरादेई, गन्यापधुरा गाउँपालिकाको भागेश्वर सामुदायिक वन र अजयमेरु गाउँपालिकाको समैजीमा विमानस्थलका लागि अध्ययन ग¥यो। अजयमेरु गाउँपालिका–१ समैजीमा विमानस्थल निर्माणका लागि एयरपोर्टका लागि उपयुक्त रहेको निष्कर्ष गर्‍यो । अहिले एयरपोर्ट निर्माणका लागि ईआईएको तयारी थालिएको छ।

प्रारम्भिक चरणमा अध्ययन गर्दा एक हजार मिटरदेखि १५ सय मिटरसम्मको धावनमार्ग बनाउन सकिने सम्भावना देखिएको छ। संघीय सरकारले ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १५ सय मिटरको धावनमार्ग बनाउँदा करिब चार अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरेको छ। एक हजार मिटर लामो मात्रै धावनमार्ग बनाउँदा करिब डेढ अर्ब रकम खर्च आउने अनुमान प्राधिकरणको छ।

२०७९ पुष ६ १९:०४ बजे

प्रतिक्रिया