धोबिखोला किनारमा महानगरले चलायो डोजर

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १३:०७ बजे
डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ । प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाएको हो । 

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

२०७९ पुष ६ १३:०७ बजे

प्रतिक्रिया