महोत्तरीमा स्यालको टोकाइबाट सातजना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १३:०० बजे
स्यालको टोकाइ

महोत्तरी । महोत्तरीमा स्यालको टोकाइबाट सातजना घाइते भएका छन् । मंगलबार साँझ महोत्तरीको पिपरा गाउँपालिका–७ बनौलीमा दुई महिलासहित सातजनालाई स्यालले टोकेको वडाध्यक्ष मधुवेन्द्र झाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार घाइते हुनेमा स्थानीय दिनेश ठाकुर,  शिवशङ्कर साह, बिल्टु मण्डल, लुटन साह, सिनेहा देवी र रामतोला देवी रहेका छन् । गाउँको पश्चिमपट्टि रहेको विद्यापति डिह नजिकैको वनमा घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेलामा झुण्डमा आएका स्यालले आक्रमण गरेका थिए ।

घाइते शिवशङ्कर शाह, सिनेहा देवि र रामतोला देविलाई गए राति नै उपचारका लागि जनकपुर लगिएको छ । अन्य  जनाको गए राति गाउँकै क्लिनिकमा प्राथमिक उपचार गरिए पनि आज बिहान थप उपचारका लागि जनकपुर लगिएको छ ।

२०७९ पुष ६ १३:०० बजे

प्रतिक्रिया