कैलालीमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले गरे पूर्व पश्चिम राजमार्ग अबरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ ११:२८ बजे
पूर्व पश्चिम राजमार्ग अबरुद्ध

धनगढी । कैलालीमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले  पूर्व पश्चिम राजमार्ग अबरुद्ध  गरेका छन् । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा आज बिहान टिप्परको ठक्करबाट तीन वर्षीय बालकको भरतको मृत्यु भएको छ भने मृत बालककी आमा पेन्टी ठकुल्ला घाइते भएकी छन्  । उक्त घट्नापछि स्थानीय बासिन्दाले सडक अबरोध गरेका हुन् । 

यातायात सुचारु गर्न परिचालन भएको प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीय बासिन्दाले अबरोध हटाउन गएका प्रहरीहरुमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

२०७९ पुष ६ ११:२८ बजे

प्रतिक्रिया