गगन कुमार थापालाई आफ्नै समुहका सांसदहरुले दिए धोका !

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ ११:२१ बजे
गगन कुमार थापा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापती शेर बहादुर देउवा निर्वापचत भएका छन् । देउवा ६४ मत ल्याएर संसदिय दलको नेतामा निर्वाचित भएका हुन् । दरिलो प्रतिस्पर्धीको रुपमा रहेका महामन्त्री गगन कुमार थापाले भेने जम्मा २५ मत मात्रै ल्याए । निर्वाचन हुनु भन्दा पहिले प्रतिस्पर्धा कडा हुने देखिएको भए पनि थापालई आफ्नै समुहका सांसदहरुले पनि मतदान नगरेको पाइएको छ । 

संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण रहेको थियो । तर गगन कुमार थापाले २५ मत मात्रै ल्याए । 

२०७९ पुष ६ ११:२१ बजे

प्रतिक्रिया