अखिल नेपाल भारत एकता समाजको विस्तारित बैठक सम्पन्न

bimbonline भारत बिम्व सम्वादाता , महेन्द्र वस्याल
२०७९ पुष ४ १५:४५ बजे
नेकपा मशालका महासचिब शन्त बहादुर नेपालीले दीप प्रज्ज्वलित गर्दै

 काठमाडौं । अखिल नेपाल भारत एकता  समाजको विस्तारित बैठक  दिनांक १७ र १८ डिसेम्बर २०२२  का दिन चेन्नैमा सम्पन्न भएको छ । उक्त विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न एक वक्तव्य जारी गरिएको छ । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको विस्तारित बैठकले  ८ औं  अखिल भारत सम्मेलन दिनांक  १०,  ११ र १२ सेप्टेम्बर २०२३ का दिन भारतको राजधानी नयाँदिल्लीमा गर्ने निर्णय गरेको छ। 

बैठकले देवबहादुर लामिछानेको अध्यक्षतामा १९९ सदस्यि आठौं अखिल भारत सम्मेलन तयारी समिति गठन गरेको छ । सम्मेलन सँग सम्बन्धित विषयहरुलाई आकस्मिक निर्णय गर्नका लागि अध्यक्ष देवबहादुर लामिछानेको इन्चार्जमा १५ सदस्यीय मूल व्यवस्थापन समिति पनि गठन गरिएको छ ।  त्यस्तै आर्थिक सांस्कृतिक , स्वयंसेवक हल  प्रचार प्रेष , प्रकाशन मेष र अतिथि सत्कार विभागहरू पनि गठन गरिएको छ ।

उक्त विस्तारित बैठकको उद्घाटन प्रमुख अतिथि नेकपा मशालका महासचिब शन्त बहादुर नेपालीले दीप प्रज्ज्वलित गरेर तालिकाको करतालमा उद्घाटन गरे । उनले आफ्नो उद्घाटनमा  भारतमा रहने नेपालीहरूको हक हित र सुरक्षाको प्रत्याभूति गर्ने अभिभावकीय संगठन अखिल भारत नेपाली नेपाली एकता समाज हो उक्त संगठनको विषयलाई अगाडि बढाउनु महत्वपूर्ण जिम्मेवारी अब हाम्रो काँधमा आएको छ। तसर्थ हामीले संगठनको विश्वास विकास गर्नका लागि अझ  सशक्त रुपमा संगठित हुन नितान्त जरुरी रहेको बताए । 

विस्तारित बैठकको अध्यक्षता केन्द्रीय अध्यक्ष  देब बहादुर लामिछानेले गरेका हुन् । सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरेपछि उपस्थिति सम्पूर्ण लाई शब्दबाट केन्द्रीत सदस्य हेमराज रिजाल र  संगीतबाट रक्तिम ले स्वागत गरेका थिए  । विस्तारित बैठक सफलताको सुभकामना दिनेहरुमा  

 महाराष्ट्र क्षेत्रबाटै  इन्द्र भेटाल दिल्ली क्षेत्रबाट नारायण शर्मा,मध्य दक्षिण क्षेत्रबाट कृष्ण पौडेल दक्षिण भारत क्षेत्रबाट मदन  भन्डारी महिला बिभाग बाट माया हिमाल विद्यार्थी भागबाट नर बहादुर बि.क.पत्रकारहरबाट हाँकका पत्रकार राजु अधिकारी बंगलोरबाट महिला नेतृ ज्ञानमती वि.क.रहेका थिए कार्यक्रमको सञ्चालन महेन्द्र बस्यालले गरेका थिए । 


२०७९ पुष ४ १५:४५ बजे

प्रतिक्रिया