कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १४:५९ बजे
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्न बुधबार (पुस ६ गते) निर्वाचन हुने भएको छ । निर्वाचन समितिले बुधबार संसदीय दल कार्यसमितिको निर्वाचन पुस ६ गते बिहान हुने जनाएको हो ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सह(महामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

कांग्रेसमा ८९ जना सांसद छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेताका आकांक्षी रहेका छन् । निर्वाचन पनि अहिलेकै अवस्था रहे ४ जना विच रोच प्रतिस्पर्धा हुने छ । 

२०७९ पुष ४ १४:५९ बजे

प्रतिक्रिया