प्रचण्ड भन्छन्,"म प्रधामन्त्रीको दौडमा छैन्"

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १४:४९ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुले प्रधामन्त्रिमा दाबी  नगरेको बताएका छन् ।  भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले औपचारिकरुपमा आफूले प्रधानमन्त्री  दाबी नगरेको बताएका हुन् । उनले आफु प्रधामन्त्रीकै लागि सबै चिज दाँउमा लगाउने अवस्थामा नरहेको बताएका छन् । 

साथैउनले आफुहरुले  राष्ट्रपतिले दिएको सात दिनको समयभित्र  सत्ता साझेदारी टुंगो लगाउने दाबीसमेत गरे । ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता महत्वपूर्ण पदहरुको टङ्ंगो प्याकेजमा लगाउने गरी छलफल तीव्र पारिएको  उनले बताएका छन् । उनले माओवादी केन्द्र र नेकपा एमाले विच एकताको चर्चा चले पनि भित्रिरुपमा भने केहि पनि त्यारी नरहको पनि  बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस ३ गते सात दिनको समय दिएकी थिइन् । 

२०७९ पुष ४ १४:४९ बजे

प्रतिक्रिया