रौतहटमा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु,एक गम्भीर घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १३:४३ बजे
मोटरसाईकल ठोक्किदा

ढल्कवेर, जनकपुरधाम । मधेस प्रदेशको रौतहटमा रोकिएको अवस्थामा रहेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ । चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् ।

ट्रक बिग्रिएपछि राजमार्गमा रोकि राखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा रौतहटको गुजरा नगरपालिका–३ सिमरीका २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेको र  हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाएको छ ।  प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

२०७९ पुष ४ १३:४३ बजे

प्रतिक्रिया