धनुषामा भ्यानक मोटरसाइकल दुर्घटना,एक को मृत्यु ,एक गम्भीर घाइते

bimbonline बिम्ब अनलाईन संवाददाता ,ढल्कवेर
२०७९ पुष ३ १४:४० बजे
भ्यानक मोटरसाइकल दुर्घटना

ढल्कवेर, धनुषा। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित मिथिला नगरपालिका को केन्द्रबिन्दु ढल्कवेर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै घटनामा परी एकजना गम्भीर घाइते भएका छन्। 

आइतबार बिहान पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार धनुषाको मिथिला विहारी नगरपालिका १ भुतहीपटेर्वाका ५८ वर्षीय चन्द्रीप यादव रहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बसही पुल भन्दा आगाडि र श्रीपुर भन्दा ५००‌ मिटर पछाडि बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मण यादव गाम्भीर घाइते भएका छन् । उनको उपचार जनकपुरको काव्या हस्पिटलमा भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२०७९ पुष ३ १४:४० बजे

प्रतिक्रिया