वीर अस्पतालका १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन, कता गए ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ १३:१२ बजे
वीर अस्पताल

काठमाडौं । वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन्  । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी कार्य चलेको छ । 

अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने जनाएको छ । 

न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रार÷ट्युटर डा.सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

यस्तै युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीरमा कार्यरत अन्य ६ जनाको नाममा पनि तीस दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ । त्यसैगरी, सूचना जारी भएका स्वास्थ्यकर्मीमा अनमीद्वय छैटौं तहका साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै पाँचौं तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अञ्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी छन् । सूचनामा तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारवाही  गरिने जनाइएको छ । 

२०७९ पुष ३ १३:१२ बजे

प्रतिक्रिया