सीडीओको हस्ताक्षर नै किर्ते गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा दास पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ १२:५१ बजे
सीडीओको हस्ताक्षर नै किर्ते

काठमाडौं । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा  महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् ।उनलाई आइतबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले  बताएका छन् । 

महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप रहेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको छ । 

२०७९ पुष ३ १२:५१ बजे

प्रतिक्रिया