विषालु रक्सीकाकारण विहारमा ३६ को मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २ ०७:०६ बजे
विषालु रक्सी

काठमाडौं । भारत बिहारको सारणमा रक्सी पिएर मर्नेको संख्या ३६ पुगेको छ । अस्पतालले जनाएअनुसार अहिलेसम्म छपरामा ३३ र पटनाका पीएमसीएचमा रेफर गरिएका तीन विरामीको पनि निधन भएको छ । त्यस्तै, इशुआपुर र फोजी नामक स्थानमा जम्मा ७ विरामी फेला परेका छन् । उनीहरु रक्सी पिएर विरामी भएपछि घरमै उपचार गराइरहेका थिए । 

मानिस विरामी परेको खवर पाएपछि सिविल सर्जनका समूहहरु घरमै गएर चेकजाँच गरिरहेका छन् । सर्वसाधारणलाई रक्सी नपिउन आग्रह गरेका छन् । विहारमा यसअघि पनि रक्सी पिएर मानिस मरेका घटना भए पनि यो संख्यामा मरेका थिएनन् । विहारमा रक्सी पिउन सरकारले बन्देज लगाएको छ तर मानिसहरु लुकीछिपी पिउने गरेका छन् । 

विहारका मुख्यमन्त्री तेजस्वी यादवका अनुसार विहारमा रक्सी सेवा बन्द गरिए पनि लुकिछिपी उत्तर प्रदेश र हरियाणाबाट ल्याउने गरिएको छ । सरकारले यसको कडा चेकजाँच गर्नुपर्ने तर नगरेको स्थानीयको गुनासो छ । 

मान्छे मरेको घटना बाहिरिएपछि भारतीय प्रहरीले रक्सी बनाउनेको पहिचान गर्ने प्रयास गरेको छ । अहिलेसम्म शंकास्पद २१३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म पाँच हजार १७९ लिटर स्थानीय रक्सी बरामद गरेको जनाएको छ । विरामीको उपचार जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी 

२०७९ पुष २ ०७:०६ बजे

प्रतिक्रिया