भाजपाले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २ ०६:५८ बजे
भाजपा

काठमाडौं । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोको पछिल्लो बयानप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी ९भाजपा० ले आज शनिबार देशव्यापी विरोध प्रदर्शन गर्नेभएको छ । विरोधका क्रममा विदेशमन्त्री भुट्टोको पुतला दहन गरिने जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा पाकिस्तानी विदेशमन्त्री भुट्टोले आफ्नो अभिव्यक्ति दिएको सो दलले आरोप लगाएको छ । भाजपाले भनेको छ, ूपाकिस्तानी विदेशमन्त्री भुट्टोको पछिल्लो अभिव्यक्ति लाजमर्दो र निन्दनीय छ ।ू भाजपा कार्यकर्ताहरुले अभिव्यक्तिको विरोधमा शुक्रबार पनि प्रदर्शन गरेका थिए । आज भारतका सबै राज्यका मुख्य शहरमा प्रदर्शन गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भाजपाले विदेशमन्त्री भुट्टोको पछिल्लो अभिव्यक्ति हतास मानसिकताको उपज भएको जनाएको छ । पाकिस्तानको सम्बन्ध विश्व राजनीतिसँग विग्रदै गएको र त्यहाँ आतंकवादीको गढ बन्दैगएको भन्दै त्यस्तो अभिव्यक्ति नदिन पनि सचेत गराएको छ । 

भारतीय प्रधानमन्त्री मोदीको सम्बन्ध विश्वका सबै देशबाट बनिरहेका बेला हतास भएर पाकिस्तानी विदेशमन्त्रीको पछिल्लो अभिव्यक्ति आएको भाजपाले टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालयले पनि अभिव्यक्तिको विरोध गरेको छ । पाकिस्तानलाई आफ्नो मानसिकता बदल्न आग्रह गरेको छ । एजेन्सी 

२०७९ पुष २ ०६:५८ बजे

प्रतिक्रिया