मेयर हर्क साम्पङले मागे कार्यपालिका सदस्यको राजीनामा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ १५:०० बजे
हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा मागेका छन् । 

करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन  सुझाव दिएका हुन् । १३ भदौमा बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र वडाध्यक्षहरु बीच विवाद भएपछि रोकिएको कार्यपालिका बैठक त्यस यता बस्न सकेको छैन । उक्त बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकमा प्रस्तावित प्रस्तावमा फरक मत राख्दा मेयर साम्पाङले बोल्न रोक लगाउँदै बाहिर निस्केर गएका थिए । 

कार्यपालिका सदस्यहरुलाई अपमान गरेको भन्दै वडाध्यक्षहरुले मेयरलाई आत्माआलोचना गरी बैठकलाई सुचारु गर्न माग गरेका थिए । तर मेयर साम्पाङले कुनैपनि हालत माफी नमाग्ने बताएपछि बैंठक कस्न नसकेको हो । कार्यपालिका बैठक बस्न नसक्नुमा धरान विकास विरोधी वडाध्यक्षहरु भएको भन्दै बारम्बार सामाजिक सञ्जालमा लेखेका साम्पाङले आज पत्रकार सम्मेलन गरी आफूले भनेको नमान्ने भए राजनीमा दिन भनेका हुन् । 

उनले आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै आफूलाई विकास गर्न अफ्ठयारो पार्ने कार्यपालिका सदस्यहरु नचाहिने बताए । 

२०७९ पुष १ १५:०० बजे

प्रतिक्रिया