चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत , एकको खाग निकालेको अवस्थामा भेटियो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १३:३० बजे
गैंडा मृत

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मुत भेटिएको हो ।

मुत गैंडाको खाग निकालीएको  पाइएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले  बताएका छन् ।  यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत  भेटिएको छ । १५ बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने अधिकारी तिवारीले बताएका छन् ।

२०७९ मंसिर २९ १३:३० बजे

प्रतिक्रिया