शिवम् सिमेन्टकाे १०.५३ प्रतिशत लाभांश प्रस्ताव

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १३:११ बजे
शिवम् सिमेन्ट

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । २८ मंसिर बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोडको १०.५३ प्रतिशतले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्ने २९ पुसमा सातौं वार्षिक साधारणसभा  बस्ने छ ।  कम्पनीले साधारणसभा प्रयोजनका लागि २० पुसमा सेयर दाखिला खारेज (बुक क्लोज) बन्द गर्ने जनाएको छ । प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि सेयरधनी वितरण  गरिने छ । 

२०७९ मंसिर २९ १३:११ बजे

प्रतिक्रिया