नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १२:३५ बजे
नाफिज

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित भएका छन् । नाफिजको बुधबार सम्पन्न छैठौँ महासभाबाट ढकाल  निर्वाचित भएका हुन् । ढकाल दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । ढकाल द राइजिङ नेपाल दैनिकका पत्रकार रहेका छन् । 

समितिको उपाध्यक्षमा हाम्रो अर्थ डटकमकी सम्पादक मेनुका कार्की र नोटबजार डटकमका सम्पादक प्रमेश्वर अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, अनलाइन खबरका नवीन ढुंगाना महासचिवमा, नेपाल खबरका दीपक भट्ट सचिवमा र सिंहदरबार डटकमकी उप–सम्पादक दिलु कार्की कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा रातोपाटी डटकमका निकेश खत्री, अनलाइन खबरका विजय पराजुली, नेपालप्रेसका राजाराम न्यौपाने र सेतोपाटी डटकमकी सविना कार्की निर्वाचित भएका छन् । 

२०७९ मंसिर २९ १२:३५ बजे

प्रतिक्रिया