अनधिकृत संरचना हटाउन परशुराम नगरपालिकाले दियो ३५ दिने अल्टिमेटम

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २८ १३:५२ बजे
परशुराम नगरपालिका

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिकाले सार्वजनिक सम्पत्ति अतिक्रमण गरि बनाईएका अवैध संरचना हटाउन ३५ दिनको समय दिएको छ।

बुधबार गोरखापत्रमा एक सूचना सार्वजनिक गर्दै नगरपालिकाले विशेषगरि वडा नं १२ लालढुंगा बजार पछाडिको जमिन, सिद्धाथानस्थित नगरपालिका कार्यालय पछाडीको खैरेनीजलाको जमिन तथा लालढुंगा बसपार्क क्षेत्रमा बनेका अवैध संरचना हटाउन सूचित गरेको हो।

दिएको समयभित्र संरचना नटाए नगरपालिका आफैले संरचना हटाउने र त्यसक्रममा लागेको खर्च समेत सम्बन्धित व्याक्तिबाट असुल्ने चेतावनी दिएको छ। बिशेषगरि बसपार्क क्षेत्रमा बनाईएका संरचनाले बसपार्कको क्षेत्र नै साँघुरो हुँदा यात्रुहरुलाई सास्ती भएको गुनासो छ। यस्तै आर्मी ब्यारेक क्षेत्र वरिपरि रहेका संरचना समेत भत्काईनेछ। सिद्धाथानस्थित नगरपालिका भवनको पछाडिपट्टि पनि स-साना टहरा निर्माण सुरु गरिएका छन्।

एलानीमै निर्माण गरिएका कतिपय संरचनाको बिषयमा भूमि आयोगले काम गरिरहेकाले आफ्नो क्षेत्राधिकाभित्र नपर्ने भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले सरकारी संरचना बनाउने भनि राखिएको सार्वजनिक जग्गामा हुनसम्ने अतिक्रमण रोक्नका लागि अहिलेदेखि नै सचेतता अपनाईएको बताए ।

 

२०७९ मंसिर २८ १३:५२ बजे

प्रतिक्रिया