अध्यक्ष ओली र महासचिव गुरुङबीच १ लामो भेटवार्ता,के कुराकानि भयो ?

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २८ १३:३८ बजे
अध्यक्ष ओली र महासचिव गुरुङबीच १ लामो भेटवार्ता,

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । वाम एकताको हल्ला चलिरहेका वेला ओली र गुङग विच भएको भेटर्वातालाई सबैले चाँसो रुपामा हेरेका छन् ।

ओलीलाई भेट्न महासचिव गुरुङ मंगलवार ओलीनिवास बालकोट पुगेका थिए । माओवादी केन्द्रका महासचिव ओलीलाई बधाई दिने निउ पारेर ओली निवास बालकोट पुगेका हुन् ।

बालकोटमा झण्डै एक घण्टा बिताएका गुरुङ र ओलीबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ । आफु बधाई दिनका लागि हिजो ओलीको निवासमा गएको र बधाई दिनेबाहेक अरू धेरै कुरा  नभएको गरुङले बताएका छन् । गुरुङले वामपन्थी एकताका लागि पहल गर्न ओलीसँग आग्रह गरेका जनाइएको छ । माओवादीमा गुरुङलगायत नेताहरू चुनावअघि नै वामपन्थी तालमेलको पक्षमा रहँदै आएका थिए ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग पराजित भएलगत्तै पनि माओवादी महासचिव गुरुङले वामपन्थी एकताका लागि पहल गर्न आग्रह गरेका थिए । 

२०७९ मंसिर २८ १३:३८ बजे

प्रतिक्रिया