अमेरिकाले युक्रेनमा शक्तिशाली वायु रक्षा प्रणाली पठाउँदै

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २८ १२:२९ बजे
युक्रेन

काठामाडौं । संयुक्त राज्य अमेरिकाले किभको अत्यावश्यक अनुरोधपछि युक्रेनमा आफ्नो परिष्कृत प्याट्रियट एयर डिफेन्स प्रणाली पठाउने योजनालाई अन्तिम रूप दिन थालेको छ । 

युक्रेनी ऊर्जा पूर्वाधारलाई ध्वस्त पार्ने र लाखौंलाई हिउँदमा चिसोको सामना गर्ने स्थितीमा पुर्याउने रूसी क्षेप्यास्त्र र ड्रोनहरू खसाल्न किभले बलियो वायु रक्षा प्रणाली चाहिएको बताएको छ ।

वाशिंगटनले बिहीबार नै प्याट्रियटको बारेमा निर्णय घोषणा गर्न सक्ने रोयटर्स र एसोसिएटेड प्रेस समाचार एजेन्सीहरूले मंगलबार अमेरिकी सरकारी अधिकारीहरूलाई उद्धृत बताएका छन् ।  

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार पश्चिमी नेताहरूलाई आफ्नो देशलाई थप उन्नत हतियार उपलब्ध गराउन दबाब दिएका हुन् । प्याट्रियट पश्चिमले युक्रेनलाई प्रदान गरेको सबैभन्दा उन्नत सतहबाट हावामा मार हान्न सक्ने मिसाइल हुनेछ।

प्याट्रियट वायु रक्षा क्षमता प्राप्त गर्नु कीभको लागि धेरै, धेरै महत्त्वपूर्ण हुने सेवानिवृत्त सेना लेफ्टिनेन्ट कर्णेल र ह्वाइट हाउसमा कुनै बेला युक्रेन नीति प्रमुख रहेका अलेक्ज्याण्डर विन्डम्यानले बताएका छन् । "यिनीहरू युक्रेनीहरूका धेरै फरक चुनौतीहरूको सामना गर्न सक्षम हुनेछन्, विशेष गरी यदि रूसीहरूले छोटो दूरीको ब्यालिस्टिक मिसाइलहरू ल्याए भने," उनले अघि भनेका छन् ।

२०७९ मंसिर २८ १२:२९ बजे

प्रतिक्रिया