काभ्रेमा बस दुर्घटना: १३ जनाको मृत्यु, २० बढी गम्भीर घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ २०:३८ बजे
काभ्रेमा बस दुर्घटना

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका(४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

२०७९ मंसिर २७ २०:३८ बजे

प्रतिक्रिया