अवैध मदिरा बोकेको गाडीसहित दुईजना प्रहरी नियन्त्रणमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १४:०८ बजे
अवैध मदिरा

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी इलाकाबाट मंसिर २६ गते सशस्त्र प्रहरीले करिब नौ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडी नियन्त्रणमा लिएको छ । प्रहरी मदीरा बोकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको जनाएको छ । बीआ.०६ पीबी ९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा,गाडी र मानिसहरुलाई पनि नियन्त्रणमा लिएको हो । 

पक्राउ परेकाहरूलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।

२०७९ मंसिर २७ १४:०८ बजे

प्रतिक्रिया