बेइजिङमा कोभिड १९ संक्रमितहरुको संख्या बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १३:५३ बजे
कोभिड १९

काठमाडौँ । चीनको राजधानी बेइजिङमा कोभिड १९ संक्रमितहरुको संख्या बढेको छ ।  सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै चिनमा कोरोनाका नयाँ विरामीको संख्या बढेको हो । 

सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि बेइजिङमा २२ हजारभन्दा बढी संक्रमितहरु  भेटिका छन् । ‘बेइजिङमा महामारीको तीव्र फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ बेइजिङको स्वास्थ्य आयोगका प्रवक्ता ली आङले भने । चीनले शून्य–कोभिड नीतिबाट पछि हट्ने घोषणा गरेसँगै धेरै बिरामीले घरमै उपचार गर्न थालेका जनाइएको छ । 

२०७९ मंसिर २७ १३:५३ बजे

प्रतिक्रिया