अब ४० वर्ष पुरा भएका तर विवाह नभएका पुरुषलाई एकल भत्ता

अब ४० वर्ष पुरा भएका तर विवाह नभएका पुरुषलाई एकल भत्ता

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १६ १०:५९ बजे
पुरुषलाई एकल भत्ता

काठमाडौं ।  अब ४० वर्ष  पुरा भएका  तर विवाह नभएका एकल  पुरुषहरूले एकल भत्ता पाउने  भएका छन् । बझाङ जिल्ला  मष्टा  गाउँपालिकाका  ४० वर्ष पुरा  भई ६० बर्ष  उमेर नपुगेकाहरुलाई  एकल  भत्ता दिने  भएको  छ ।

मष्टा गाउँपालिका  आ.व .२०७ ९/८० नीति तथा कार्यक्रम  तथा  बजेट  वक्तव्यमा  ४० बर्षे पुरा भएका  एकत  पुरुषलाई  भत्ता दिने उल्लेख भएकाले  सोहि बमोजिम ४० वर्ष पुरा भई  ६० वर्ष पुरा नपुगेका दलित र ४० वर्ष  पुरा भई ६८ वर्ष  पुरा नभएका  अन्य  एकल  पुरुषलाई  तपसिलको कागजात  सहित  मिति २०७९  साउन मसान्त   सम्म आफ्नो वडा कार्यलयका  निवेदन  दिन एक सूचना निकालिएको छ ।

निवेदन गर्ने  आवश्यक  कागजातहरू 

1.नेपाली  नागरिकताको  प्रमाणपत्रको प्रतिलिपि

2. पत्नीको  मृत्यु दर्ताको  प्रमाण पत्रको प्रतिलिपि

3. अर्को विवाह  नगरेको वडा कार्यालयको  प्रमाणित प्रतिलिपि

4. ४० बर्ष  पुरु भएको तर  विवाह नगरेको हकमा  सम्बन्धित वडा कार्यालयको सिफारिस  पत्र

5.पासवर्ड साइजको फोटो  दुई  प्रति

Open photo

२०७९ साउन १६ १०:५९ बजे

प्रतिक्रिया