दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १२:३३ बजे
प्रतिबन्ध

काठमाडौं । औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाउँद बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ ।

विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन् । दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागले जनाएको छ  । 

२०७९ मंसिर २७ १२:३३ बजे

प्रतिक्रिया