घरझगडा हुँदा श्रीमतीले कम्मरमा बाँधेको पटुकाले गरे श्रीमानको हत्या

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १२:१४ बजे
हत्या

अर्घाखाँची। अर्घाखाँचीको छत्रदेव गाउँपालिका १ की लक्ष्मी नेपालीले आफ्नै श्रीमान् ७७ वर्षीय बल बहादुर सार्कीको हत्या गरेकी छन् । उनीहरूबीच विवाद भई झैँ-झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको का थिए ।सोही रिसले लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली बल बहादुरको घाँटीमा पासो लगाई घरको दलिनमा झुन्डाइ हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना पश्चात् प्रहरीले लक्ष्मीलाई पक्राउ गरेको छ । लक्ष्मीमाथि जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । 

२०७९ मंसिर २७ १२:१४ बजे

प्रतिक्रिया