तोलामा २०० रुपैयाँले घट्यो सुनको मूूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ ११:५८ बजे
सुनको मूूल्य

काठमाडौं । नेपाली बजारमा आज पहेलु धातु (सुन) को मुल्य २०० रुपैयाँले ओरालो लागेको छ । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ।

योसँगै प्रतितोला छापावाला सुनको मूल्य १ लाख रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको १ लाख २०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको  महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको महासंले जनाएको छ।  

२०७९ मंसिर २७ ११:५८ बजे

प्रतिक्रिया