भारतीय र चिनियाँ सैनिकबीच झडप हुँदा१५ भारतीय सैनिक घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ ११:४७ बजे
भारतीय र चिनियाँ सैनिकबीच झडप

काठमाडौं । भारतको अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा भारतीय र चिनियाँ सैनिक बीच झडप  हुँदा  १५ भारतिय सैनिक घाइते भएका छन् । गएको शुक्रबार त्यहाँ भारतीय र चिनियाँ सैनिकबीच झडप भएको  भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

त्यसक्रमा दुवै पक्षका केही सैनिक घाइते भएका भारतीय सेनाले जनाएको छ । शुक्रबार भएको हिंसात्मक झडपमा हालसम्म १२ देखि १५ भारतीय सैनिक घाइते भएका जनाइएको छ । अंग्रेजी पत्रिका द टेलिग्राफमा प्रकाशित समाचारका अनुसार रक्षा मन्त्रालयसँग सम्बन्धित एक स्रोतले सो झडपमा भारतीयभन्दा चिनियाँ सैनिक बढी घाइते भएका दाबी गरेका छन् ।

चिनियाँ सैनिकले सीमा पार गरेर भारत प्रवेश गर्न खोज्दा भारतीय सेनाले रोक्न खोजेका थिए । त्यसपछि दुवै पक्षबीच झडप भएको जनाइएको छ ।

पहिले दुई पक्षबीच झडप र त्यसपछि ढुंगा हानाहान जनाएको छ । झडपमा चिनियाँ सैनिकले किला ठोकिएको लाठीको प्रयोग गरेका थिए ।

२०७९ मंसिर २७ ११:४७ बजे

प्रतिक्रिया