सम्पन्न निर्वाचनमा साढे १० लाख मत बदर

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २६ १४:२१ बजे
१० लाख मत बदर

काठमाडौं । मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचनमा  जनताको उत्साह र मतदाता शिक्षाको  प्रभाव निकै कम भएको छ । हालै भएको निर्वाचन समानुपालीक तर्फको निर्वाचन प्रत्यक्ष तर्फको भन्दा धेरै मत बदर भएको छ। 

प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१.४१ प्रतिशत  मतदाताले मतदान गरेका थिए ।  जसमा ५.०६ प्रतिशत अर्थात पाँच लाख ५८ हजार मत बदर भएको थियो ।

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएको थियो। जसमा ५.०९ प्रतिशत अर्थात पाँच लाख ६६ हजार मत बदर भएको निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाकाले जनाएको छ । 

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय अर्थात् ६१.३६ प्रतिशत मतदान भएको थियो। त्यसमध्ये ४.०७ प्रतिशत मत बदर भएको छ । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१.३१ प्रतिशत मतदान भएको थियो। यसमा ६.५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ।

२०७९ मंसिर २६ १४:२१ बजे

प्रतिक्रिया