निजी सम्पत्तिमा डोजर लगाएपछि टीकापुर नगरपालिकामा तालाबन्दी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २३ १४:१० बजे
तालाबन्दी

कैलाली । टीकापुर नगरपालिकाको कार्यालयमा नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेका  छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घरधनीहरूले तालाबन्दी गरेका बताएका छन् । 

टीकापुर नगरपालिकाले मंसिर १९ गते वडा नम्बर ४ मोरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यसवेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो ।

उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको हुन् ।   आफ्नो नाममा रहेको जग्गामा नगरपालिकाले डोजर लगाएको हो । लालपुर्जा भएको संरचनामा पनि नगरपालिकाले डोजर लगाएपछि तालाबन्दी गरिएको होनरेन्द्र बोहराले बताएका छन् । 

२०७९ मंसिर २३ १४:१० बजे

प्रतिक्रिया