एनसेल सेवामा समस्या आएकोमा कम्पनीले माग्यो माफी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १५:०१ बजे
एनसेल

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सडक विस्तारका क्रममा बुटवल(बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएकोमा माफि मागेको छ । बिहीबार विहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको थियो ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ । ‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ ।

एनसेले कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्घ छौं ।’

२०७९ मंसिर २२ १५:०१ बजे

प्रतिक्रिया